|

काठमाडौं : गोरखा अस्पतालमा गएराती एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। पछिल्लो मानवीय हताहतिसँगै नेपालमा ज्यान गुमाउने संक्रमितको संख्या ३३ पुगेको छ।

उपचाका लागि अस्पतालको आइसोलेसन कक्षमा भर्ना भएका पालुङटार नगरपालिका-७ का ४४ वर्षीय पुरुषको शनिबार बिहान पाँच बजेर पाँच मिनेट जाँदा निधन भएको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

ती व्यक्ति दीर्घरोगी रहेको र कोरोना संक्रमणसँगै निमोनियाबाट ग्रसित रहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. नविन थापाले जानकारी दिएका छन्‌। 

गोरखा अस्पतालले जारी गरेको विज्ञप्ति :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.