|
फाइल फोटो

काठमाडौं :  नेकपा स्थायी कमिटी सदस्य जनार्दन शर्माले पार्टी नफुट्ने बताएका छन्। पार्टीभित्रको विवाद बढ्दै गएको बेलामा पार्टी फुटाउन नदिने बताएका छन्। उनले अहिले नेकपाभित्र देखिएको समस्या सीमित नेताहरुको समस्या नभएको जिकिर गरेका छन्।

नेकपामा देखिएको शक्ति संघर्षलाई साम्य पार्न दोस्रो र तेस्रो पुस्ताका नेताले हस्तक्षेप बढाएका छन्। खासगरी पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले मोर्चा कसेपछि विवाद चरम विन्दुमा पुगेको छ।

'नेकपाभित्रको विवादलाई सीमित नेताहरूको समस्याको रुपमा मात्र नहेरौँ यो हाम्रो राष्ट्र,देश र कम्युनिस्ट आन्दोलनको समस्याको रुपमा देखिएको छ उनले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्।

उनले दुई नेताले के गर्लान भनेर अब हेरेर मात्र बस्नु नहुने र पार्टीलाई एकताबद्ध गरी राष्ट्र र जनताको आवश्यकतामा सञ्चालन गर्न नेकपाका हामी आम नेता कार्यकर्तामा गम्भीर जिम्मेवारी आएको पनि उल्लेख गरेका छन्।

उनले भनेका छन्, 'म दृढतापूर्वक भन्न चाहन्छु पार्टी फुट्दैन फुटाउन दिइँदैन। पार्टीलाई विचार, विधि र पद्धतिबाट बिचलित गरी व्यक्तिका आआफ्ना स्वार्थ पुर्तिको हतियार बन्न दिनु हुँदैन। तसर्थ एकता गर्दा गरिएका सहमति,आम जनता र कार्यकर्ताको सुझावको आधारमा तयार हुने सहमतिको नयाँ प्रस्ताव स्वीकार गरी रुपान्तरण सहित नेतृत्व गर्न नेताहरूलाई आग्रह गर्दछौं' उनले भने।

कार्यकर्ता र जनताको आग्रह अस्वीकार गर्ने अधिकार कुनै नेता विशेषलाई प्राप्त छैन भन्ने कुरा स्मरण गराउन चाहन्छु। एकताको एक अभियान्ताको नाताले सबै नेता कार्याकर्तालाई पार्टी एकताको पक्षमा योग्दान गर्न अपिल गर्दछु उनले भने, रुपान्तरण सहितको एकता आजको आवश्यकता छ। पार्टीभित्रको तीव्र विवाद बढिरहदा पार्टी विभाजनको अवस्थामा पुगेको छ। तर, प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सहझदारीको प्रयास भइरहरेको छ।

नेकपाभित्र अहिले विवाद बढेको छ। बालुवाटरमा आजका लागि बोलाइएको स्थायी समित बैठक पनि असार २२ सम्मका लागि स्थगित भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.