|

अर्घाखाँची : प्युठानमा चुनढुङ्गा बोकेको टिपर दुर्घटनामा दुईजनाको मृत्यु भएको छ। प्युठानको खप्रेङखोलाबाट दाङको कालाकाटेस्थित शुभश्री अग्नि सिमेन्ट उद्योगमा चुनढुङ्गा बोकेर जाँदै गरेको ना ७ ख ८९३८ नम्बरको टिपर सरूमारानी गाउँपालिका–६ मा दुर्घटना भएको हो। 

दुर्घटनामा प्युठान नैबहिनी–६ पिपलटारीका ३२ वर्षीय टिपर चालक रोशन थापा र सहचालक २५ वर्षीय झकबहादुर पुनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्किले जानकारी दिए। 

उनका अनुसार प्युठान भालुबाङ सडकखण्डअन्तर्गत शनिबार बिहान साढे ९ बजे  मोतिपुरस्थित भीरबाट झण्डै ५०० मिटर तल माडी नदीमा खसेको छ। घटनास्थलमा प्रहरी स्थानीयले अहिले  उद्धारको काम गरिरहेका छन्। दुर्घटनाको कारण खुल्न सकेको छैन। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.