|

काठमाडौं : ललितपुरको खोकनाका स्थानीय र किसान र प्रहरीबीच झडप हुँदा प्रहरी निरीक्षकसहित दुईजना घाइते भएका छन्। राष्ट्रिय महत्त्वको आयोजनामा किसानहरुले अवरोध गर्दा भएको झडपमा दुईजना सुरक्षाकर्मी घाइते भएको ललितपुर महानगरीय प्रहरी परिसरका प्रवक्ता तुलबहादुर कार्कीले बताए।

बिहानैदेखि खोकनाको किसानलाई प्रहरीले रोक्न खोजेपछि झडपको अवस्था सिर्जना भएको थियो। स्थानीयबासीले प्रहरीलाई खेतमा पुग्नै अगाडि नै रोक्ने प्रयास गरेको भए पनि अरूले खनजोत गरेका थिए।

काठमाडौं-तराई द्रुतमार्ग, बाहिरी चक्रपथ र मातातीर्थ-भक्तपुर १३२ केभी प्रसारणलाइन खोकना हुँदै बनाउने तयारी छ। स्थानीयबासीले विकासका नाममा सांस्कृतिक शहरमाथि अतिक्रमण गरेको भन्दै विरोध गर्दै आएका छन्। उनीहरूको आन्दोलनमा नेवा सांस्कृतिक पुनर्जागरण अभियानसहित विभिन्न संघसंस्थाले पनि समर्थन गर्दै आएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.