|
राजेन्द्र न्यौपानेको सहयोग

काठमाडौं :  कोरोना संक्रमितको शव व्यवस्थापन गर्नका लागि गोरखामा स्थानीयले अवरोध गरेका छन्। शनिवार विहान मृत्यु भएका गोरखाका कोरोना संक्रमित पुरूषको शव दरौंदी र लुदी खोलाको दोभान नजिकै व्यवस्थापन गर्ने तयारी गरेपछि स्थानीयले विरोध गरेका हुन।

आज शनिबार बसेको जिलला सुरक्षा समितिको बैठकले संक्रमितको शव गोरखा नगरपालिका १२ र शहिद लखन गाउँपालिका १ बक्राङको सीमामा व्यवस्थापन गर्ने निर्णय गरेको थियो। ‘स्थानीयले अवरोध गरेका छन्,’ जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख तथा एसपी सुरेन्द्र गुरुङले थाहाखबरसँग भने, ‘हामी उहाँहरुलाई सम्झाउँदै छौँ।’

‘शव गोरखा नगरपालिका र शहिद लखन गाउँपालिकाको सीमामा पर्ने दरौँदी र लुदीखोलाको दोभान नजिकै व्यवस्थापन गर्ने निर्णय भएको छ’, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले भने, ‘शव व्यवस्थापनको जिम्मा नेपाली सेनालाई दिइएको छ।’ नेपाली सेनाका चार जनाले शव व्यवस्थापन गर्नेछन्। पालुङटार नगरपालिका वडा नम्वर ७ का ४४ वर्षीय कोरोना संक्रमित पुरुषको शनिवार उपचारको क्रममा मृत्यु भएको हो।

असार १६ गते कतारबाट फर्केका उनी जीवनज्योती मावि च्याङ्लीको स्कूलको क्वारेन्टिनमा बस्दै आएका थिए। शुक्रवार कोरोना पुष्टि भएपछि उपचारका लागि उनलाई गोरखा अस्पताल ल्याइएको थियो। शव व्यवस्थापन गर्न स्थानीयले अवरोध गरेपछि सुरक्षाकर्मी परिचालन गरेको एसपी गुरुङले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.