|

काठमाडौं : ललितपुरस्थित खोकनामा किसान र प्रहरीबीच झडप हुFदा एक प्रहरी निरीक्षकसहित ४ प्रहरी घाइते भएका छन्। प्रहरी निरीक्षक किसन बस्नेतसहित ४ जना प्रहरी स्थानियको ढंगामुढा प्रहारबाट घाइते भएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले थाहा सञ्चार नेटवर्कलाई जानकारी दिए।

खेत रोपाइँ गर्न गएका किसानलाई प्रहरीले अवरोध गरेपछि झडपको स्थिति आएको हो। फाष्ट ट्रयाक पर्ने जमिनमा खोकनाका किसानले रोपाइँ थालेपछि प्रहरीले बल प्रयोग गरेको परिसर प्रमुख एसएसपी राईले बताए। झडपका क्रममा प्रहरीले किसानका समूहलाई लक्षित गरी केही सेल अश्रुग्यास हानेको छ भने स्थानीयले पनि ढुंगा हान्दा केही प्रहरी घाइते भएका छन्। किसानहरूले आफ्नो जग्गाको मुआब्जा नपाएकोले खनजोत गर्न पाउनुपर्ने बताउँदै आएका छन्।

विकासका नाममा पुर्ख्यौली थातथलो कब्जा गरेको भन्दै खोकनाबासी रुष्ट बनेका छन्। काठमाडौं–तराई द्रुतमार्ग, बाहिरी चक्रपथ र मातातीर्थ–भक्तपुर १ सय ३२ केभी प्रसारणलाइन खोकना हुँदै बनाउने तयारी छ। स्थानीयबासीले विकासका नाममा सांस्कृतिक शहरमाथि अतिक्रमण गरेको भन्दै विरोध गर्दै आएका छन्।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.