योगेशले सम्झिए नेल्शन मण्डेला

|

काठमाडौं :   नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता एवम् पूर्व सञ्चारमन्त्री गोकुल बाँकोटाले स्थायी कमिटी संगठनको मियो कि अस्थिरता प्रतिशोध साध्ने अखाडो भन्ने प्रश्न गरेका छन्। 

पार्टीभित्र चर्किँर्दै गएको विवादलाई लिएर आइतबार बिहान एक ट्वीटरमार्फत यस्तो प्रश्न गरेका हुन्।  पार्टी स्थायी समिति विचार, सङ्गठनको मियो कि अस्थिरता, प्रतिशोध साध्ने अखाडो? उनले लेखेका छन्, अधिवेशन नगर्ने अध्यक्ष हटाउने, चुनिएको प्रधानमन्त्री कोटरीले हटाउने? 

 

डेरावाल निकाल्न त करारनामा हेर्नु पर्छ, घरमुली हटाउने, त्योपनि चारपाँचको चुम्लुङले? नाकाबन्दी नटेर्दा, चुच्चे नक्शा निकाल्दाको सजाय, उनले लेखेका छन्।  पार्टीभित्रको तिव्र विवादको कारणले स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको प्रशंगलाई लिएर पूर्वमन्त्री बाँकोटाले यस्तो लेखेका हुन्।

प्रधानमन्त्री ओलीलाई स्थायी कमिटीको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायत स्थायी कमिटीका ३० बढी नेताले दुवै पदबाट राजीनामा दिनुपर्ने दबाब दिइरहेका छन्।

यद्यपी, पूर्वमन्त्री बाँस्कोटा ओली निकटका हुन्। तर, प्रधानमन्त्री ओली दुवै पदबाट टसमस नहुने अडान कसेपछि पार्टीभित्रको विवाद थप जटिल मोडमा पुगेको छ।

यस्तै, पर्यटनमन्त्री योगेश भट्टराइले पनि दक्षिण अफ्रिकाका प्रथम राष्ट्रपति नेल्सन मण्डेला, नेपालका पूर्व प्रधानमन्त्री¸ प्रजातान्त्रिक योद्धा तथा राजनीतिज्ञ, विश्वकै इतिहासमा पहिलो निर्वाचित कम्युनिष्ट प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य मनमोहन अधिकारी र नेपालका राजनीतिज्ञ, नेपालको पहिलो संसदका पहिलो सभामुख तथा बहुदलीय व्यवस्थाको पुनर्स्थापना पश्चातका पहिला प्रधानमन्त्री बनेका कृष्णप्रसाद भट्टराईलाई सम्झिएका छन्। 

 

कम्युनिष्ट पार्टी आन्तरिक कलहले फुटको संघारमा पुगेको बेलामा उनले यस्तो लेखेका हुन्। सामाजिक सञ्जाल ट्वीटरमा उनले ‘किन किन नेल्सन मन्डेला, मनमोहन अधिकारी र कृष्णप्रसाद भट्टराईलाई सपनामा भेट्न पुगिएछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.