|

बागलुङ : क्‍वारेन्टाइनमा मृत्यु भएका निसीखोला गाउँपालिकाकाका युवकको कोरोना भाइरस परीक्षणका लागि लिइएको स्वाब रिपोर्ट पोजेटिभ आएको छ। निसीखोला–२ का २९ वर्षीय उनको क्वारेन्टाइनमै मृत्यु भएको थियो। 

केही समयअगाडि भारतबाट आएर ढोरपाटन नगरपालिका–४ खुङ्गास्थित छोरेगाउँ माविको क्वारेन्टाइनमा आई बसेका उनको आज बिहान मृत्यु भएको थियो। लामो समयदेखि भारतमा बस्दै आएका उनी मिर्गौलासम्बन्धी रोगबाट पीडित थिए।  

कोरोना रिपोर्ट आएपछि उनको दाहसंस्कार गरिने तयारी गरिएको थियो। नेपाली सेनाले उनको शव व्यवस्थापन गर्ने बताइएको छ। गण्डकी प्रादेशिक प्रयोगशालाका निमित्त निर्देशक सपना सुवेदीका अनुसार उनका ६ वर्षका छोरोको रिपोर्ट भने शंकास्पद आएकाले पुनः संकलन गरिने छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.