|

काठमाडौं : यातायात व्यवसायीहरुले विदेशबाट उद्धार गरी ल्याइएका व्यक्तिहरुलाई सवारी भाडादरमा ठगी गरिएको भन्दै भाडादर विवरण उपलब्ध गराउन माग गरेका छन् ।

सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका पदाधिकारीहरुले आइतबार यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमाललाई भेट गरी होल्डिङ सेन्टरबाट प्रदेश र स्थानीय तहसम्म पु¥याउँदा महँगो भाडादर लगाइएको भन्दै त्यसको सूचना उपलब्ध गराउन माग गरेका हुन् । 

सिसिएमसीले होल्डिङ सेन्टरबाट यातायात व्यवस्था विभागमार्फत विभिन्न ठाउँमा पु¥याउने कार्यको व्यवस्थापन गर्ने भने पनि विभागले आफूहरुलाई कुनै जानकारी नगराएको र यात्रुलाई महँगो भाडादरमा घर जान बाध्य पारेको महासंघका वरिष्ठ उपाध्यक्ष किरण कुमार रिजालले  बताए। 

होल्डिङ सेन्टरबाट बिनाटेन्डर, बिनाकोटेसन र बिनासूचना अनधिकृत व्यक्तिहरुमार्फत विभागबाट तोकिएको भाडादरविपरीत भाडा लिएर ठगी गरिएको आरोप लगाए। विभागले तोकेको भाडादरमा तराई क्षेत्रमा ४० प्रतिशत, पहाडी क्षेत्रमा ५० प्रतिशत र उच्च पहाडी क्षेत्रमा ६० प्रतिशत भाडा लिएर सेवा उपलब्ध गराउन सकिने भए पनि आफूहरुले कुनै सूचना नपाएको उनको भनाइ छ। 

विभागका महानिर्देशक हमालले सिसिएमसी, नेपाली सेना र सम्बन्धित प्रदेश सरकारसँग समन्वय गरेर सवारी साधन उपलब्ध गराउन आग्रह गरे। विभागले टेण्डर हालेर, कोटेसन निकालेर गर्नुपर्ने विषय नभएको र सवारी उपलब्ध गराउने विषयमा सम्बन्धित पक्षसँग समन्वय गर्न उनले आग्रह गरे। 

विभागले जसरी पनि सवारी उपलब्ध गराउने भनेको तर टेण्डर निकाल्नुपर्ने विषय नभएकाले व्यवसायीहरुलाई गाडी उपलब्ध गराउन जानकारी भने गराइएको उनले बताए। 

व्यवसायीहरुले भने विभागले कुनै लिखित सूचना नदिएको बताए । उनीहरुले विदेशबाट नेपालमा कति मानिस भित्रिए र उनीहरुसँग कति भाडा लिइयो त्यसबारे आफूहरुले सूचना पाउनुपर्ने बताएका छन्। उनीहरुले सवारी साधन उपलब्ध गराउने विषयमा आफूहरुलाई सूचना नदिनुले ठूलै ठगी भएको स्पस्ट हुने बताए । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.