|

कञ्चनपुर : नेपाल–भारत सीमा क्षेत्रमा पर्खाल लगाउन माग गर्दै कञ्चनपुरको महेन्द्रनगरमा आइतबार युवाहरुले प्रदर्शन गरेका छन्। नेपाली राष्ट्रिय झण्डा बोकेका युवाहरुले खालि खुट्टा हिँडेर महेन्द्रनगर बजार क्षेत्रमा प्रदर्शन गरेका हुन्। 

सीमा क्षेत्रमा बर्सेनि हुने अतिक्रमण रोक्न एक मात्रै उपाय पर्खाल निर्माण मात्र भएको प्रदर्शनमा सहभागी युवा धीरज जोशीले भने, ‘सीमा क्षेत्रमा पर्खाल बनाई सीमा अपराध रोक्न र सीमावर्ती क्षेत्रका जनताले भारतीय ज्यादती सहनु पर्दैन।’

सीमा रक्षाका लागि पर्खाल निर्माण गर्न सरकारलाई दबाब दिन प्रदर्शनमा उत्रनुपरेको युवाहरुको भनाइ छ। युवाहरुले महेन्द्रनगर बजार क्षेत्रमा प्रदर्शनपश्चात जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई सीमा क्षेत्रमा पर्खाल निर्माणका लागि ज्ञापनपत्र समेत बुझाएका छन्। प्रदर्शनमा ६० जनाभन्दा बढी युवाको सहभागिता थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.