|

सर्लाही : पूर्व–पश्चिम लोकमार्गअन्तर्गत सर्लाहीको हरिवनमा आइतबार अपराह्न सरकार तथा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा प्रदर्शन भएको छ। प्रधानमन्त्री पक्षका उत्रिएका युवा, विद्यार्थी र सर्वसाधारणहरूले ‘राष्ट्रनायक केपी ओली जिन्दावाद’, ‘भारतीय विस्तारवाद मुर्दावाद’ भन्दै नारा लगाएका थिए।

भारतीय चलखेलमा आफ्नै पार्टीका नेताहरुबाटै केपी शर्मा ओली नेतृत्वको सरकारलाई ढाल्न खोजिएको भन्दै हरिवनमा प्रदर्शन भएको हो।‘अस्थिरता चाहिँदैन, सरकार ढाल्न पाइँदैन’, भन्दै  प्रदर्शनकारीहरूले नेकपा नेतृत्वलाई प्रधानमन्त्री केपी शर्मा ओली देशभक्त र राष्ट्रवादी नेता भएकोले उनको पक्षमा एकजुट हुन आग्रह गरेका छन्। 

आफ्नै पार्टीका केही नेता र विदेशी शक्तिले प्रधानमन्त्रीलाई असफल बनाउन षड्यन्त्र भइरहेको प्रदर्शनमा सहभागीहरुले आरोप लगाए। हरिवन बजारको पुरानो नमुना चोकबाट सुरु भएको र्‍याली बजार परिक्रमा गरी पुनः सोही स्थानमा पुगेर सभामा परिणत भएको अनेरास्ववियूका नेता श्रीकृष्ण उप्रेतीले जानकारी दिए। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.