|

बैतडी : जिल्लामा ८ महिने शिशु (बालिका)मा पनि कोरोना संक्रमणको पुष्टि भएको छ। जिल्लाको पुर्चौडी नगरपालिका ८ की ती शिशुमा कोरोना पुष्टि भएको बैतडीका कोभिड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिए। 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा भएको परीक्षणमा कोरोना पुष्टि भएको हो। पुष्टि हुने ती शिशु भारतबाट फर्किएकी कोभिड १९ सम्पर्क ब्यक्ति जोशीले बताए। 

‘आमाबाबुसँगै भारतबाट आएका शिशुका आमाबुबाको कोरोना रिपोर्ट भने नेगेटिभ आएको छ’, शिशुसहित आमाबुवाको यसअघि आरडिटी पोजेटिभ आएको भए पनि शिशुमा मात्रै कोरोना देखिएको हो। 

संक्रमित शिशुको स्वास्थ्य अवस्था सामान्य छ। कोरोना पुष्टि भएसँगै शिशुसहित आमाबुबा पनि पुर्चौडी नगरपालिकाले निर्माण गरेको आइसोलेसनमा राखिएको छ। यसैबीच बैतडीमा ८ महिने शिशुसहित ७ जनामा कोरोना पुष्टि भएसँगै जिल्लामा संक्रमितको संख्या २ सय ८२ पुगेको छ। 

पुर्चौडी नगरपालिकाका ८ महिने शिशु, मेलौली नगरपालिकाका १ महिला र २ पुरुष गरी ३ जना, सिगास गाउँपालिकाका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। संक्रमण पुष्टि भएका सबै भारतबाट फर्केका र उनीहरुको आरडीटी रिपोर्टसमेत पोजेटिभ रहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए। संक्रमण पुष्टि भएकालाई छुट्टै आइसोलेसनमा बस्न सुझाव दिइएको छ। 

२ सय ८२ जनामा कोरोना पुष्टि हुँदा सबैभन्दा बढी पञ्चेश्वर गाउँपालिकामा ५० जना संक्रमित रहेका छन्। यस्तै शिवनाथ गाउँपालिकाका ४८, दोगडाकेदार गाउँपालिकाका ४३, सिगास गाउँपालिकाका ३९, दशरथचन्द नगरपालिकाका ३४, मेलौली नगरपालिकाका २७,सुर्नया गाउँपालिकाका १४,पाटन नगरपालिकाका १२, पुर्चौंडी नगरपालिकाका ८  र डिलाशैनी गाउँपालिकाका ७  जनामा संक्रमण पुष्टी भएको छ। 

संक्रमितमध्ये धेरैजसो १४ दिन क्वारेन्टाइनमा बसेर घर फर्किसकेका स्वास्थ्य कार्यालयले जनाएको छ। रिपोर्ट ढिलो आउँदा उनीहरु रिपोर्ट नआउँदै घर फर्केका हुन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.