नेकपा नेताहरू दिनदिनै बूढानीलकण्ठ धाइरहेको खुलासा

|
फाइल फाेटाे

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय समितिको बैठकमा प्रधानमन्त्री ओलीलाई सरकारमा सहभागी हुनेबारे बचन नदिएको प्रष्ट पारेका छन्।

वरिष्ठ नेता रामचन्द्र पौडेल र पौडेल पक्षकै केही नेताले प्रधानमन्त्री ओली र नेकपाका संसदीय दलका उपनेतासँग भएको भेटबारे जानकारी चाहियो भनेपछि देउवाले भेट भएको तर, उनीहरुलाई सरकारमा आउने नआउने भनेर बचन नदिएको बताएका हुन्।

कांग्रेसका एक केन्द्रीय सदस्यका अनुसार बैठकमा देउवाले ओली र नेम्वाङले दुवैलाई सरकारको नेतृत्व गर्नेबारे कुनै बचन नदिएको बताए। ‘नेताहरुसँग भेट भएको छ। नेकपाका नेताहरु दिनदिनै म कहाँ आइरहेका छन्,’ देउवालाई उदृत गर्दै ती नेताले भने, ‘तर, मैले सरकारमा सहभागी हुन्छु पनि भनेको छैन, हुन्‍न पनि भनेको छैन। मैले यति चाहिँ भनेको छु सेकेन्ड मेन भएर सरकारमा आइन्‍न। 

पहिले सभापति देउवाको तर्फबाट मिनेन्द्र रिजालले नेकपाका संसदीय दलका उप नेतासँग भएको भेटबारे जानकारी  गराएपछि केन्द्रीय सदस्यहरुले देउवाले नै सम्पूर्ण जवाफ दिनुपर्ने माग गरेका थिए। केन्द्रीय सदस्यहरुको माग बमोजिम नै देउवाले दुई नेतासँग भेटबारे जानकारी गराएका हुन। 

‘उहाँहरुले संवैधानिक नियुक्तिको बारे र सरकारको फेरबदलको विषयमा कुरा गर्नु भएको थियो,’ देउवालाई उदृत गर्दै केन्द्रीय सदस्य स्रोतले भन्यो, ‘नेकपा फुट्ने छाँट देखिएको छ।’ 
देउवाले नेकपाका ओली पक्षका र ओली इत्तर पक्षका नेताहरुको आफ्नो निवास आइरहेको पनि बैठकमा जानकारी  गराए। 

‘ओली पक्षका मान्छे विहान, बेलुका र दिउँसो जतिखेर आएका छन्,’ देउवाले बैठकमा भने, ‘प्रचण्ड, माधव नेपाल वामदेव गौतमको दूत बनेर अलि कम मान्छे आएका छन्। ओली पक्षका नेताहरु चाहिँ कांग्रेसलाई यति मन्त्रालय उति मन्त्रालय भन्दै भाग लगाउँदै आएका छन्।’ 

नेकपामा दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहालबीचको द्वन्द्वले उग्ररूप लिइरहेका बेला कांग्रेसलाई सरकारमा आउन प्रस्ताव गएको हो। नेकपाको तर्फबाट कांग्रेसलाई अर्थ र गृहमन्त्री दिने गरी प्रस्ताव गएको बताइए पनि यसको स्वतन्त्र पुष्टि नेताहरुले गरेका छैनन्।

देउवाले ओली र नेम्वाङसँग आफू ओलीलाई सहयोग गरेर प्रचण्ड, माधवलाई चिढ्याउने, प्रचण्ड र माधवलाई सहयोग गरेर ओलीलाई चिढ्याउने पक्षमा आफू नरहेको बताएको पनि बैठकलाई जानकारी गराए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.