|

काठमाडौं : नदी पथान्तर गरी सुरुङ परीक्षण गरेको मेलम्ची खानेपानी आयोजनाले मेलम्ची क्षेत्रमा पानीको नयाँ मूल देखिएमा तुरुन्तै खबर गर्न स्थानीयलाई आग्रह गरेको छ। 

आइतबार मेलम्चीको पानी सुरुङमा हालिएको छ। सुरुङ परीक्षणकै क्रममा रहेकाले चुहावट या अन्य समस्या पत्ता लगाउन आयोजना कार्यालयले नयाँ मूल देखिएमा जानकारी दिन भनेको हो। 

साथै, आयोजनाका लागि बनाइएको सुरुङभन्दा तल्लो क्षेत्रमा पौडी नखेल्न, माछा नमार्न र पशुबस्तु लिएर जाँदा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ। सुरुङ परीक्षणकै क्रममा रहेकाले जुनसुकै बेला पानीको बहाव घटबढ हुनसक्ने भन्दै आयोजना कार्यालयले सजगता अपनाउन आग्रह गरेको हो। 

सुरुङको प्रवेश मार्ग रहेको अम्बाथान, ग्याल्थुम र सिन्धुबाट जुनसुकै समयमा पानी छाड्न सकिने भएकाले त्यस क्षेत्रका खोलानालामा जाँदा विशेष सावधानी अपनाउन भनिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.