इराकको राजधानी बग्दादमा रहेको अमेरिकी कुटनीतिज्ञ तथा सैन्य अखडालाई लक्षित गरी दुईवटा रकेट प्रहार भएको छ।
अमेरिकी दूतावास समेत रहेको ग्रीन जोनमा पहिलो रकेट हमला भएको हो भने अर्को हमला सैनिक मुख्यालयलाई लक्षित गरी गराइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। सो रकेट मुख्यालयसँगै रहेको घरमाथि खस्दा एक बालक घाइते भएका छन्।
इराकमा गत अक्टोबरदेखि अमेरिकी कुटनीतिज्ञ तथा सैन्य अखडालाई निशाना बनाई पटक पटक आक्रमण हुन थालेको छ। सो हमला इरान समर्थित समूहलाई जिम्मेवार ठहराएको छ ।
यसैबीच इराकी सुरक्षाबलले राजधानी बग्दादको दक्षिणी क्षेत्रमा छापा मारी एक दर्जन भन्दा बढी इरान समर्थित लडाकुलाई नियन्त्रणमा लिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।