|

काठमाडौं : वैदेशिक रोजगार बोर्डको सदस्यमा वैदेशिक रोजगार व्यवसायी हेम गुरुङ र स्वास्थ्य व्यवसायी कैलाश खड्का मनोनित भएका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले उनीहरुलाई बोर्डको सदस्यका रुपमा  मनोनित गरेका हुन्।

वैदेशिक रोजगार व्यवसायीहरुको तर्फबाट खड्कालाई श्रममन्त्री रामेश्वर राय यादवले वैदेशिक रोजगार विज्ञका रुपमा र कतार भिसा सेन्टरका हेम गुरुङलाई नियुक्ति गरेका हुन्। 

मलेसिया रोजगारीमा जाने नेपालीलाई बायो मेट्रिक, भीएलएन, माइग्राम्स, वान स्टेपजस्ता शीर्षकमा पाइला पाइलामा ठगी गरेको आरोपमा तत्कालीन श्रम मन्त्री गोकर्ण विष्टले ठगीमा मुद्दा चलाएका थिए।

खड्काले मलेसिया जाने कामदारसँग बायो मेट्रिक स्वाथ्य परीक्षणका नाममा वार्षिक १ अर्ब ७१ करोड रुपैयाँसम्म ब्रम्हलुट मच्चाएको भन्दै २०७५ जेठमा उनीसहित ४२ जनाविरुद्ध श्रम मन्त्रालयले ठगीमा मुद्दा चलाउन प्रहरीलाई निर्देशन दिएको थियो। तर पछि अदालतले उनलाई सफाइ दिएको थियो।

त्यसैगरी, गुरुङलाई मन्त्रालयले वैदेशिक रोजगार व्यवसायीहरूका तर्फबाट र खड्कालाई वैदेशिक रोजगार विज्ञका रुपमा मनोनीत गरेको छ। गुरुङ कतार भिसा सेन्टरका अलावा सिटी मनी एक्सप्रेसका पनि संचालक हुन्।

गुरुङ एसओएस म्यानपावर सर्भिस प्रालि तथा कतार भिसा सेन्टरका सञ्चालक हुन्। कतार भिसा सेन्टर कतारमा जाने कामदारको स्वास्थ्य परीक्षणदेखि सबै प्रक्रिया पूरा गर्न खोलिएको हो।

रिक्त पदमा नियुक्ति 

लामो समय रिक्त रहेको पदमा सरकारले नयाँ सदस्य थप गरेको श्रम तथा रोजगार सामाजिक मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले बताए। उनले भने,' योग्यताको आधारमा सदस्यलाई नियुक्ति गरिएको हो। यसमा नीति संगत सदस्यलाई नियुक्त गरिएको छ।'

महासंघले एक जना महिलाको नाममात्र सिफारिस गरेको र अध्यक्ष पदेन सदस्य रहने व्यवस्था छ, अहिले भएका सदस्यहरु कसरी नियुक्त गरे त्यस विषयमा केही बोल्न नमिल्ने वैदेशिक रोजगार व्यवसायीक महासंघको अध्यक्ष विष्णु गैरेले बताए। उनले भने,' सदस्यहरुले सफाइ पाएको पनि हुन सक्छन्। त्यो सबै सरकारले अध्ययन गर्ने हो।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.