|

काठमाडौं :  गण्डकीमा आज थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार पोखरा महानगरपालिकाका ५१ वर्षीय महिलासहित लमजुङमा ११ र बागलुङमा ५ जनामा कोरोना पुष्टि भएको हो। १७ नयाँ संक्रमित थपिएसँगै प्रदेशको कुल संक्रमित संख्या ११ सय १३ पुगेको छ। 

लमजुङमा भेटिएका संक्रमितमध्ये राइनासका एक पुरुष, बेंसीशहरका ३ पुरुष, सुन्दर बजारका ३ पुरुष, क्होलासोथरका २, दोर्दी र मध्य नेपालका एक–एक जना पुरुष संक्रमित गरि ११ संक्रमित रहेका छन् । यस्तै, बागलुङको ढोरपाटनमा एक महिला र बडी गाड, काठे खोलामा दुई, दुई पुरुष गरि ५ जना संक्रमित रहेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ।

पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा अर्जुन आचार्यले उपचाररत १३ जना संक्रमित निको भएर घर गएको पनि जानकारी दिए।   गण्डकी प्रदेशमा २ सय ७१ पुगेको छ । गण्डकीमा कोरोनाले ज्यान गुमाउनेको संख्या ४ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.