|

सल्यान : स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि बन्द गरेको सल्यान अस्पतालले पुनः सेवा सञ्चालन गरेको छ। असार ११ देखि बन्द रहेका अस्पतालका सम्पूर्ण सेवाहरु सोमबारदेखि सञ्चालनमा आएको अस्पतालले जनाएको छ।

असार ९ गते अस्पतालका एक स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएपछि अस्पतालले आकस्मिक बाहेक अन्य सेवा बन्द गरेको थियो। कोरोना भाइरस नियन्त्रणका लागि बन्द गरिएको सेवा सोमबारबाट सञ्चालन गरिएको सल्यान अस्पतालका डा. अर्जुन बुढाले बताए।

कोरोना पेजेटिभ देखिएका स्वास्थ्यकर्मीको पछिल्लो पिसिआर रिर्पोट नेगेटिभ आएपछि अस्पतालका सम्पूर्ण सेवाहरु सञ्चालनमा ल्याएको उनको भनाइ छ। उनले भने, ‘कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि केही समय बन्द भएको सेवा पुनः सञ्चालनमा ल्याएका छौं।’

पाइप बगाउदा खानेपानी अभाव

यस्तै, आइतबार राति आएको बाढी पहिरोले दार्मा गाउँपालिकामा ट्यांकी र पाइप बगाउँदा खानेपानीको अभाव भएको छ। वडा नम्‍मबर ५ का १ सय ७५ घरधुरीमा खानेपानी समस्या भएको छ। स्थानीयबासीका अनुसार खानेपानी अभाव भएपछि नजिकैको खोलाबाट पानी ल्याएर खानुपर्ने बाध्यता भएको छ।

जुंगेपानी काफलनेटा लिफ्ट खानेपानी योजना, पांग्राखोला आल खानेपानी योजना र जुगेपानी पांग्रा भालुमारे उल्लेरी खानेपानी योजनाको ट्यांकी र पाइप बाढीले बगाएको स्थानीय रामचन्द्र चन्दले बताए।

खानेपानीको मुहानमै बाढी पसेपछि गाउँमा खानेपानीको आपूर्ति बन्द भएको उनको भनाई छ। खानेपानीको मुहनाको संरक्षण गरिदिन टुटफुट भएका र बगाएका पाइप व्यवस्थापन गरिदिन गाउँपालिकालाई उननले आग्रह गरेका छन्। 

पहिरोले स्थानीय कर्णबहादुर खड्का र रामचन्द्र चन्दको घरमा पनि सामान्य क्षति पुगेको छ। घरमाथिबाट आएको पहिरोले घरभित्तामा क्षति पुगेको पीडित खड्काले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.