|

भोजपुर : नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका भोजपुर जिल्ला पूर्वसेक्रेटरी पक्राउ परेका छन्। टेम्केमैयुङ गाउँपालिका–८ गोगनेको खनियाखर्कबाट ‘मादेन’ भनिने मोहन राई समातिएका हुन्।

संगठित तथा विष्फोटक पदार्थसम्बन्धी कसुरमा संग्लन फरार राईलाई आइतबार पक्राउ गरे पनि प्रहरीले (भोलिपल्ट) आज सार्वजनिक गरेको हो। उनलाई विशेष सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको जनाएको छ।  

त्यस्तै प्रहरीले हतुवागढी गाउँपालिका–९ हम्बफाबाट १३ किलो ४ सय ग्राम गाँजासमेत बरामद गरेको छ। स्थानीय जस बहादुर राईको घर खानखतासी गर्दा गाँजा फेला परेको प्रहरीको भनाइ छ। घरधनी राई भने फरार रहेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रदीप लामाले जानकारी दिए। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.