आइतवार भेटिएका थिए २७ जना

|

काठमाडौं : काठमाडौं उपत्याकामा कोरोना भाइरस संक्रमितहरुको संख्या दिन दिन बढ्न थालेको छ। २४ घण्टायता काठमाडौं उपत्यकाका ३ जिल्लामा ५४ जना कोरोना संक्रमित भेटिएका हुन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्‍वर गौतमका अनुसार पाटन अस्पतालको पिसिआर ल्याबमा गरिएको परीक्षणमा काठमाडौं, ललितपुर र भक्तपुरमा ५४ जना कोरोना संक्रमित भेटिएका हुन्।

गौतमका अनुसार पाटन अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका १० जनामा कोरोना पुष्टि भएको हो। त्यसैगरी काठमाडौंका २३ जनामा पनि संक्रमणमा पुष्टि भएको छ। पाटनमै गरिएको परीक्षणमा ललितपुरका २० जनामा कोरोना देखिएको छ।

त्यसैगरी त्रिवि शिक्षण अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका एक जनामा कोरोना देखिएको छ। आइतवार मात्रै काठमाडौंमा २७ जना कोरोना संक्रमित भेटिएका थिए।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्‍जको पिसिआर ल्याबमा गरिएको परीक्षणबाट २१ जना संक्रमित भेटिएका थिए। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका थप ५ जना संक्रमित भेटिएका थिए।

वीर अस्पतालको ल्याबमा गरिएको परीक्षणमा काठमाडौंका अर्का एकजना संक्रमित भेटिएका थिए। त्यसैगरी त्रिवि शिक्षण अस्पालको ल्याबमै गरिएको परीक्षणमा भक्तपुरका १ जना र ललितपुरका दुईजनामा पनि संक्रमण भेटिएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.