काठमाडौं : सरकारले काठमाडौं उपत्यकामा समुदायमा संक्रमण फैलिएको छ/छैन भनेर परीक्षण गरेको छ। काठमाडौं उपत्यकाका विभिन्न १० ठाउँमा परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले बताए।
उनका अनुसार तीनकुने र नख्खु टोलका २ सय २८ जनाकाे स्वाब संकलन गरिएको थियो। संकलन गरिएको सबैको आरडिटी, पिसिआर परीक्षणमा सबैको नतिजा नेगेटिभ देखिएको छ। 'विभिन्न ठाउँको स्वाब लिई परीक्षणको रिपोर्ट आउने क्रम जारी छ,' उनले भने।
पछिल्लो २४ घण्टामा देशभर १ सय ८० जना कोरोना संक्रमित थपिएका छन्।
देशका विभिन्न प्रयोगशालामा ४ हजार ७ सय १० जनाको पिसिआर परीक्षण गर्दा उनीहरूको रिपोर्ट पोजेटिभ आएको प्रवक्ता प्राडा. गौतमले जानकारी दिए।
त्यसैगरी देशभर सोमबार २ सय ६४ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। देशभर कोरोना संक्रमितको संख्या १५ हजार ९ सय नाघेको छ। आजसम्म देशभर कोरोना जितेर डिस्चार्ज हुनेको संख्या ६ हजार ८ सय ११ जना पुगेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।