|

कपिलवस्तु : नेकपामा बढ्दो विवाद र त्यसले निम्त्याएको विभाजनको जोखिम रोक्न कपिलवस्तुका युवा तथा विद्यार्थीहरूले दबाब दिएका छन्।

कपिलवस्तुको तौलिहवास्थित नेकपाको जिल्ला पार्टी कार्यालयमा पुगेका युवा, विद्यार्थी तथा पार्टी कार्यकर्ताहरूले पार्टीमा उत्पन्न अन्तरविरोध हल गर्न र पार्टीलाई एक ढिक्का बनाएर लैजान नेतृत्वलाई आग्रह गरेका छन्।

'पार्टी एकता-जिन्दावाद!', 'संस्थागत निर्णय-लागू गर!', 'पार्टी थप मजबुत गर!', 'पार्टीलाई नीति प्रधान बनाऊ,' 'नेता प्रधान होइन' लगायतका ब्यानर लिएर १०० हाराहारीमा नेकपा कार्यकर्ताहरू दबाब कार्यक्रममा सहभागी भएका थिए।

कार्यक्रममा सहभागीहरूले पार्टी अध्यक्षलाई सम्बोधन गरी जिल्ला कमिटीलाई पार्टी विभाजन हुनबाट रोक्न र पार्टीको संस्थागत निर्णय पालना गर्न एवम्‌ अनुशासनहीन रूपमा विभिन्न सामाजिक सञ्जालहरूमा नेतृत्वको चरित्र हत्या गर्ने कार्यकर्ता तथा जिल्ला नेताहरूलाई समेत अनुशासनको कारबाही माग गरिएको छ।

दबाब कार्यक्रममा नेकपा जिल्ला सदस्य शिवलाल बन्जाडे, सर्वेन्द्रदेव खनाल, युवाका जिल्ला संयोजक विशालजंग कुँवर, विद्यार्थी नेता सुशील पौडेल, दयाराम पौडेल र नेत्र पाण्डे लगायतले पार्टी र नेतृत्व एक ढिक्का बनाएर देश र जनताको सम्बृद्धितर्फ लाग्न आग्रह गरेका थिए।

जिल्ला कार्यालय सचिव धर्मराज भुसालले कार्यकर्ताको मागसहितको ज्ञापनपत्र सम्बन्धित निकायहरूमा पठाउने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.