|

काठमाडौं : पीसीआर परीक्षणको दायरा बढाउन माग गर्दै अनसन बसेका दुई युवा र सरकारबीच १२ बुँदे सहमति भएको छ। सहमतिसँगै उनीहरुले  अनसन तोडेका छन्। 

स्वास्थ्य मन्त्रालय र सत्याग्रही  'इनफ इज इनफ'​ युवाबीच  १२ बुँदे सहमति भएको हो। सोही सहमति अनुसार मंगलबार बिहान इनफ इज इनफका सत्याग्रही इशान अधिकारी (इ) सहितले अनशन तोडेका हुन्।

सत्याग्रही युवा र सरकारबीच विदेशबाट आएका व्यक्तिलाई पाँच दिन क्वारेन्टिनमा राखेपछि मात्रै परीक्षण गरेर इच्छा अनुसार होम क्वारेन्टाइन वा होटल क्वारेन्टाइन वा सार्वजनिक क्वारेन्टाइनमा बस्ने या राख्ने व्यवस्था गर्ने सहमति भएको छ। होम क्वारेन्टिनको निर्देशिका हप्तादिन भित्र तयार पार्ने सहमति पनि भएको छ।

यस्तै जोखिममा रहेका सबै (लक्षण देखिएका र नदेखिएका पनि) को राज्यको नीति अनुसार पीसीआर परीक्षण गर्ने गरी हालको निर्देशिका हप्तादिन भित्र परिमार्जन गर्ने, आरडीटीको प्रयोग स्थगित गर्ने, क्वारेन्टिन र होल्ङ्गि सेन्टरमा समयका आधारमा छुट्याएर राख्ने व्यवस्था गर्ने, क्वारेन्टिनमा रहेकाहरुको अनिवार्य रुपमा पीसीआर परीक्षण गर्ने र नेगेटिभ देखिए मात्रै भर पठाउने तथा समाजमा पुनस्र्थापना गर्ने व्यवस्थाको कार्यविधि निर्देशिका यसै हप्ता तयार गर्नेसहितका सहमति भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.