|

काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच  भेटवार्ता  जारी छ।

प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता जारी रहेको पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ।  प्रधानमन्त्री ओली, अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालको शक्ति संर्घषका कारण पार्टी विभाजनको अवस्थामा पुगेपछि सहमति खोज्न अध्यक्षद्वय वार्तामा बसेका हुन्। 

प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच पार्टीभित्र देखिएका समस्या समाधानको विकल्प खोज्न आज पनि छलफल भइरहेकाे नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए। ‘

प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच सोमबार पनि छलफल भएको थियो। छलफल सकारात्मक भएको बताएपनि निर्णय लिन सकेको छैन। जारी स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री ओलीको अध्यक्ष दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम लगायतका ३० बढी स्थायी कमिटी सदस्यहरुले प्रधानमन्त्रीको राजीनामा माग गरिरहेका छन्।

तर, प्रधानमन्त्री ओली राजीनामाको पक्षमा छैनन्। पार्टीभित्रको विवादलाई सहमतिमा जुटाउनका लागि अध्यक्षद्वय जुटिरहेका छन्। अध्यक्ष दाहाल २०७५ जेठ २ गते सहमतिमा अघि बढ्न चाहन्छन्। तर, प्रधानमन्त्री ओली २०७६ मंसिरमा भएको सहमति अनुसार अघि बढ्ने पक्षमा छन्। 

समस्याको समाधान खोज्नका लागि आइतबार पनि वार्तामा ओली पक्षबाट महासचिव विष्णु पौडेल र शंकर पोखरेल र अध्यक्ष दाहाल तर्फबाट जनार्दन शर्मा र वर्षमान पुनसहित वार्ता बसेको थियो। तर, वार्तामा सहमति जुट्न नसकेपछि दुई अध्यक्षबीच एक्ला एक्लै भेट गरेर सहमति जुटाउन लागि परेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.