|

काठमाडौं : सरकारले कोभिड-१९ को कारण विद्यालय तथा विश्वविद्यालयलाई वैकल्पिक माध्यमबाट पढाइलाई निरन्तरता दिन आग्रह गरेको छ।

१९ गते विश्वविद्यालय अनुदान आयोग र शिक्षा मन्त्री गिरिराजमणि पोख्रेलको संयोजकत्वमा बसेको बैठकले 'उच्च शिक्षामा वैकल्पिक प्रणालीबाट सिकाइ सहजीकरण प्रारुप २०७७' अनुसार निर्देशिका मातहतका विश्वविद्यालयलाई पढाइ सुचारु गर्नको लागि निर्देशिका पठाइसकेको छ।

सम्पूर्ण विश्वविद्यालय उच्च शिक्षाका शिक्षण संस्थाहरुले यस प्रारुपलाई नीति निर्देशक दस्तावेजको रुपमा ग्रहण गरी वैकल्पिक पद्धतिबाट सिकाइ निरन्तरताका लागि आवश्यक र उपयुक्त तरिकाहरूको अवलम्बन गर्नलाई विज्ञप्तिमा उल्लेख गरिएको छ।

शिक्षा मन्त्रालयको विज्ञप्तिमा भनिएको छ,' औपचारिक पद्धति अनुसार सञ्चालन भइरहेको विश्वविद्यालय तथा उच्च शिक्षाका संस्थाहरूका पठन पाठन, अनुसन्धान,परीक्षा र मूल्यांकनको सम्बन्धमा कोभिड- १९ का कारण वैकल्पिक व्यवस्था गरिएको छ।' 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.