|

काठमाडौं : झुन्डिएर आत्महत्या प्रयास गरी पाटन अस्पतालमा उपचारका क्रममा ज्यान गुमाएका एकजना २७ वर्षीय युवकमा कोरोना पोजेटिभ देखिएको छ। सोमबार गोरखाबाट ल्याइएका ती युवकमा कोरोना पुष्टि भएको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. विष्णु शर्माले थाहाखबरलाई बताए।

उनको उपचारका क्रममा गए राति पौने दश बजे मृत्यु भएको शर्माले जानकारी दिए। मृत्युपछि गरिएको पिसिआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएको उनले बताएका छन्। 

भीमसेन थापा गाउँपालिका वडा नं. २ का ती युवकले  असार २० गते आफ्नै घरमा पासो लगाई आत्महत्या प्रयास गरेका थिए। उनको स्थानीयले उद्धार गरी गाउँकै अस्पतालमा उपचारका लागि भर्ना गरेका थिए। तर त्यहाँ उपचार असम्भव भएपछि असार २० गते राति पाटन अस्पताल ल्याइएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.