|

कपिलवस्तु : लकडाउनका कारण लामो समयदेखि घर बस्दै आएका बालबालिका शुक्रबार विद्यालय पुगे। फागुनको अन्तिम साता वार्षिक परीक्षा दिएपछि बालबालिकाहरू विद्यालय गएका थिएनन्। कोरोनाका कारण विद्यालय बन्द हुँदा साना बालबालिकाले अधिकांश समय खेलेर बिताउने गरेका थिए। विद्यालयमा क्‍वारेन्‍टाइन स्थापना भएपछि उनीहरू विद्यालय छिर्नसमेत पाएका थिएनन्।

कपिलवस्तुमा बाल विकास देखि ३ कक्षासम्म पढ्ने बालबालिकालाई सिकाइ सामाग्री हस्तान्तरण गर्न सुरु गरिएको छ। ४५ दिनको क्रियाकलाप भएको पुस्तक कालिका स्वावलम्बन सामाजिक केन्द्रले र युनिसेफको सहयोगमा वितरण गर्न सुरु गरिएको हो।

शिवराज–९ बिजगौरीकी शुभेच्छा पुरी आफ्ना बुवासँगै विद्यालय आइन्। शिवगढी आधारभूत विद्यालयमा बाल विकासबाट कक्षा १ मा पुगेकी थिइन्। चार महिनापछि विद्यालय पुग्दा उनी निकै खुसी देखिन्थिन्। विद्यालयमा साथीहरूसँग रमाइलो गर्दै थिइन्। उनका बुवाले एउटा पोका सामान दिए। पोकाभित्र रङ्गीचङ्गी पुस्तक, लुँडो, कलर पेन्सिल, मोमकलर, पेन्सिल, कटर इरेजर र सानो बल थियो। सबैका हातमा ती समान थिए। सामान पाएका उनीहरू निकै खुसी देखिन्थे।

खुसीले गदगद् हुँदै घर फर्किए। बालबालिकाहरू रमाउँदै लुँडो खेल्न सुरु गरे। शुभेच्छाले नयाँ पुस्तक निकालिन्। बुवा आमाको नजिक बस्दै पुस्तकमा भएको चित्रमा रङ्ग लगाउन सुरु गरिन्। अभ्यास पुस्तिका र सिकाइ सामग्री पाएपछि अहिले उनीहरू घरमै बसेर पढ्न सुरु गरेका छन्। महिनौँपछि पुस्तक र सिकाई सामग्री पाउँदा बालबालिका दङ्ग परे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.