काठमाडौं : 'आधी कपाल' बोलको गीत सार्वजनिक भएको छ। गीतमा पछिल्लो समयका चर्चित गायक अमृत सापकोटा र गायिका समीक्षा अधिकारीले आवाज दिएका छन्।
यही गीतबाट नायिकाका रुपमा देखापरेकी एलिजा गौतमले दोहोरी गीतमा डेब्यु गरेकी छन्। उनको साथै गीतमा दुर्गेश थापा र बाल गायिका आयुषा गौतमको अभिनय रहेको छ।
खेम सेञ्चुरीकाे संगीत र नेत्र अर्यालको शब्द रहेको गीतको भिडियो निर्देशन भने शिव विकले गरेका हुन्। ज्ञानेन्द्र शर्माले छायांकन गरेका हुन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।