|

सल्यान : सल्यानमा मंगलबार थप सात जनामा कोरोना पुष्टि भएको छ। प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र नेपालगञ्जमा गरिएको परीक्षणमा सात जनामा कोरोना पुष्टि भएको हो। 

संक्रमित हुनेमा त्रिवेणी गाउँपालिकाका ३, कपुरकोट गाउँपालिकाका १, शारदा नगरपालिकाका १ र बनगाड कुपिण्डे नगरपालिकाका २ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय सल्यानले जनाएको छ। 

मंगलबार सात जना थपिएसँगै सल्यानमा कोरोना संक्रमितको संख्या २ सय २३ पुगेको छ। बनगाड कुपिण्डे नगरपालिका वडा न ५ का १५ वर्षीय पुरुष र वडा न ७ का ३२ वर्षीय पुरुष छन्। 

कार्यालयका अनुसार शारदा नगरपालिकामा ४, बागचौर नगरपालिकाका ११, बनगाड कुपिण्डे नगरपालिकाका १५१, कुमाख गाउँपालिकाका २६, सिद्ध कुमाख गाउँपालिकाका ३ जनामा कोरोना पुष्टि भएको छ। 

यस्तै त्रिवेणी गाउँपालिकामा ८, कपुरकोट गाउँपालिकामा २, दार्मा गाउँपालिकामा १५ र जिल्ला अस्पताल सल्यानमा १ जनामा कोरोना पुष्टि भएको छ। कोरोना पुष्टि भएका मध्ये मंगलबारसम्म १ सय ५८ जना निको भएर घर फर्किसकेका छन्। 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.