|

काठमाडौं :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्भवती र सुत्केरी महिलाको कोरोना भाइरस  (कोभिड-१९)  परीक्षणमा प्राथमिकता  दिन निर्देशन दिएको छ।

मन्त्रालयले आज  देशभरका अस्पताल तथा प्रयोगशालालाई गर्भवती र सुत्केरी महिलाको पिसिआर परिक्षणमा प्राथमिकता दिन अनुरोध गरेको हो। 

पछिल्लो समय कोभिड-१९ को संक्रमण बढदै गएको र यसबाट गर्भवती तथा सुत्केरीसमेत प्रभावित भइरहेको जानकारी आएको भन्दै यस्तो अनुरोध गरेको हो ।

यसअघि मंगलबारको सचिवस्तरीय निर्णयले गर्भवती तथा सुत्केरीको स्वाब संकलन र परीक्षण गर्नुपर्ने भएमा प्राथमिकता दिनुपर्ने उल्लेख छ। मन्त्रालयका सहसचिव शैलजा रेग्मी भट्टराईले सबै अस्पताल र सबै प्रयोगशालाका नाममा पत्र पठाउँदै यस्तो आग्रह गरेकी छन् ।

उनले काटेको पत्रमा कुनै पनि गर्भवती वा सुत्केरीको कोरोना परीक्षणका लागि स्वाब संकलन गर्नु पर्ने भएमा प्राथमिकता राखी संकलन गर्न र त्यसपछि उक्त भाँडोलाई रातो फिता डोरी वा रिबनले बाँधेर सम्वन्धीत प्रयोगशालामा पठाउन र प्रयोगशालाले रातो डोरी बाँधेका भाडाका स्वावलाई पहिलो प्राथमिकताका साथ जाँच गरी रिपोर्ट पठाउन भनिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.