समाज

खाेलामा राहत बगाउने वडाध्यक्षसहित तीन जनालाई जनमाेर्चाले पार्टीबाट निकाल्याे

असार २३, २०७७

    बागलुङ : निर्वाचनका बेला आफ्ना उम्मेदवारविरुद्ध लागेको, कोरोना कहरका कारण प्रभावित भएका मजदुर तथा विपन्नलाई वितरण गर्न पठाइएको राहत सामग्री खोलामा बगाएको लगायतका आरोप लगाउँदै राष्ट्रिय जनमोर्चाले जिल्ला सदस्यसहित आफ्ना तीन जना कार्यकर्तालाई पार्टीबाट निष्कासन गरेको छ।

    मंगलबार पार्टीले प्रेस विज्ञप्ति जारी गर्दै राजमोले ढोरपाटन नगरपालिका–४ का जिल्ला सदस्य तिलक पुन, सोही ठाउँका तिल बहादुर फगामी र गनबहादुर फगामीलाई पार्टीबाट निष्कासन गरेको जनाएको हो। 

    निष्काशनमा परेका तिलक पुन राजमोबाट निर्वाचित वडाध्यक्ष हुन्। तिल बहादुर फगामी र गनबहादुर फगामी सोही वडाका वडासदस्य हुन्।

    संकटको समयमा प्रवासीले सहयोग उठाएर ढोरपाटन नगरपालिका–४ खुंगाका विपन्न परिवारलाई बाँड्न लगिएको करिब एक लाख रुपैयाँको राहत सामग्री वडाध्यक्ष पुनको निर्देशन र सदस्य फगामीको संलग्नतामा खोलामा बगाएको राजमोका जिल्ला अध्यक्ष अमर थापाले बताए।

    पार्टीका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीद्वारा हस्ताक्षरित विज्ञप्तिमा विदेशबाट पठाएको राहत खोलामा बगाएर आपराधिक कार्य गरेकोले कारबाही गरिएको उल्लेख छ। वडाध्यक्ष पुनसहित दुई वडासदस्य यसअघि पनि गाउँमा कुटपिट गरेको घटनामा संलग्न भएकाले अनुशासनको कारबाहीमा परेका हुन्।

    राजमो बागलुङले घटनाबारे छानबिन गरी पठाएको प्रतिवेदनका आधारमा तीनै जना जनप्रतिनिधि दोषी देखिएकोले कारबाही गरिएको अध्यक्ष केसीद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

    गत मंसिरमा भएको उपनिर्वाचनमा राजमोबाटै गण्डकी प्रदेशसभा सदस्यमा उम्मेदवार बनेका खिमविक्रम शाहीविरुद्ध अभिव्यक्ति दिने, कार्यकर्ता भड्काउने र असहयोग गरेका कारण जिल्ला कमिटी उनीसँग असन्तुष्ट थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]