|

भक्तपुर :  भक्तपुरको जगाती हुँदै काठमाडौं प्रवेश गर्ने नाकामा सवारी साधनको जाम लागेको छ। विभिन्न जिल्लाबाट देशको राजधानी काठमाडौं आउन लागेका सवारीसाधनको चेकजाँचका क्रममा लामो जाम लागेको हो।

सो नाका हुँदै उपत्यका भित्रिनेहरुलाई गाडीबाट झारेर चेकजाँच गरिएको छ। चेकजाँचका क्रममा सो सडक खण्डमा जाम परेको हो। सरकारले एक जिल्लाबाट अर्को जिल्ला प्रवेशमा रोक लगाएपनि अत्यावश्यक सवारी र सम्बन्धित निकायबाट पास लिएर आवतजावत गर्नेहरुको संख्यामा भने कमी आएको छैन।

कोरोना भाइरस (कोभिड-१९) संक्रमण न्यूनीकरणका लागि भन्दै सरकारले लक डाउन गरेपछि पछिल्लो समय केही खुकुलो भएसँगै निजी सवारी साधन सञ्चालनमा रहेका छन्।

सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जारी गरेको लकडाउनको मोडालिटी परिवर्तन गर्दै जिल्लाभित्र जोर बिजोर प्रणालीबाट सवारी सधान सञ्चालन गर्न दिएको छ। 
मंगलबार भक्तपुरको जगातीमा उपत्यका भित्रने सावारी साधनको चेकजाँच गरिएपछि सवारी साधनको लामो लाइन लागेको हो। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.