|

काठमाडौं :  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दै छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे बैठक बस्न लागेको हो।

गत असार १० गतेदेखि शुरु भएका बैठक नेकपाभित्र चर्किएको विवादका कारण बैठक स्थगित हुँदै आएको छ। सहमतिका लागि नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पटकपटक छलफल भएपनि निष्कर्षमा पुगेको छैन्। 

सहमतिका लागि दुई अध्यक्षको हिजोको छलफलले पनि कुनै ठोस सहमति नभएपछि आज बस्ने गरी टुंगिएको थियो। स्थायी कमिटी बैठकमा बोल्ने अधिकांश सदस्यहरुले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेपछि बैठक स्थगित हुँदै आएको छ। 

प्रधानमन्त्री ओलीले आफूले दुवै पदबाट राजीनामा नदिने अडान लिएपछि नेकपा फुटको अवस्थामा पुगेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.