|

विराटनगर : पछिल्लो २४ घण्टामा प्रदेश १ मा १७ जना कोरोना संक्रमित थपिएका छन् भने ४९ जना निको भएका छन्। मोरङमा ३, झापामा ७ र सुनसरीमा २, तेह्रथुममा १, ताप्लेजुङ र इलाममा २/२ जना संक्रममित थपिएका हुन्।

प्रदेश नं. १ सामाजिक विकास मन्त्रालयका अनुसार मोरङको लेटाङमा एक पुरुष र धनपालथानमा २ पुरुष, झापाको मेचीनगरमा एक महिला, ४ पुरुष, विर्तामोड र हल्दिबारीमा १–१ जना पुरुष, सुनसरीको इटहरीका २ पुरुष, तेह्रथुमको लालीगुराँसमा एक पुरुष, ताप्लेजुङको फुङलिङमा एक महिला, एक पुरुष, इलामको सन्दकपुरमा २ पुरुषमा संक्रमण देखिएको हो।

त्यस्तै, प्रदेश १ मा २४ घण्टामा ४९ जना डिस्चार्ज भएका छन्। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत १४ जना र पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आइसोलेसन अस्पतालबाट ३५ जना डिस्चार्ज भएका हुन्। बुधबार डिस्चार्ज भएकामा ३९ पुरुष र १० महिला रहेका छन्। प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या ५ सय २७ पुगेको तथा प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७ सय २ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.