|

काठमाडौं :  गीतकार तारा अधिकारीको नयाँ गीत सार्वजनिक भएको छ। सार्वजनिक 'पराईको सिन्दूर' बोलको गीतमा नरेन्द्र प्यासीको स्वर तथा संगीत रहेको छ।

सार्वजनिक गीतमा विछोड भएपछि हुने प्रेमलाई व्यक्त गरिएको छ। भिडियोमा जीवन भट्टराई र तारा अधिकारीको अभिनय रहेको छ। भिडियोमा ताराको विछोडमा जीवन तड्पिएको देखाइएको छ।

शान थापाको निर्देशनमा बनेको भिडियोमा राजीव समर सहायक निर्देशकको रुपमा रहेका छन्। अर्जुन तिवारी र टिमले खिचेको भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका हुन् । भिडियोमा सुप्रिम पराजुलीको कलर ग्रेडिङ रहेको छ। यो गीत गीतकार ताराकै युट्युब च्यानल 'सुनौलो तारा'बाट सार्वजनिक गरिएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.