|

काठमाडौं : कांग्रेस बागमती प्रदेश संसदीय दलले सिन्धुपाल्चोकमा गएराति गएको बाढी पहिरोबारे प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ। नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले विज्ञप्ति जारी गरी उक्त घटनामा दुख व्यक्त गर्दै सरकारको ध्यानकर्षण गराएका हुन्। 

‘भोटेकोशीसँगै वरपरका खोलामा आएको बाढीले बाह्रविसे नगरपालिकामा क्षति पुर्‍याएको छ। विपदको यस घडीमा यथाशीघ्र उद्धारको काम अघि बढाउन नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दल प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण गराउँछ,’ विज्ञप्तिमा भनिएको छ। त्यस्तै स्थानीय प्रशासनको समन्वयमा नेपाली कांग्रेसका नेता कार्यकर्तालाई उद्धारमा खटिन पनि संसदीय दलको कार्यालयले आग्रह गरेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.