भारतबारे मौन तर चीनले हस्तक्षेप गरेको भन्दै विरोध

|

काठमाडौं : समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालस्थित चीनकी राजदूत होउ यान्छीबारे विवादास्पद टिप्पणी गरेका छन्। भारतीय टेलिभिजन जी न्यूजले नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र राजदूत यान्छीबारे आपत्तिजनक सामग्री प्रसारण गरेलगत्तै अध्यक्ष यादवले पनि विवादित भनाइ सार्वजनिक गरेका हुन्। 

भारतीय टेलिभिजन टिभी नाइनका पत्रकार अभिषेक उपाध्यायसँग बुधबार गरेको छोटो अन्तर्वार्ताका क्रममा अध्यक्ष यादवले चिनियाँ राजदूत यान्छीलाई 'हनी ट्रयाप'को संज्ञा दिँदै यसको छानबिन हुनुपर्ने बताएका हुन्। 

भारतीय पत्रकार उपाध्यायले नेपालमा चीनकी राजदूतको दखल धेरै बढ्दै गएको बताउँदै यादवसँग नेपालको अवस्थाबारे सुरुमा सोधेका थिए। त्यसको उत्तरमा उनले नेपालमा चीनको हस्तक्षेप गलत भएको बताए।​

यादवले चीनले नेपालको राजनीतिमा दखल दिन नहुने जिकिर गरे। 'उनीहरु (चीन)ले पनि कुनै पनि पार्टीको आन्तरिक मामिलामा दखल दिनु हुँदैन। चीन हाम्रो मित्र हो', उनले भने, 'त्यसको ख्याल गर्दै यहाँका पार्टीको आन्तरिक मामिलामा हस्तक्षेप गर्नुहुँदैन। यहीँका मानिसलाई छाडिदिनुपर्छ उनीहरुले।'

राजदूत यान्छी नेताहरुको घर घरमा धाउनु उचित नहुने उनले तर्क गरेका छन्। 'नेपालमा जो सवाल उठिरहेको उनी किन नेताको घर घरमा गाइरहेकी छन्? यो कुरा नेपालका नागरिकलाई पनि उचित लागेको छैन', उनले अगाडि थपे, 'नेपालको आन्तरिक मामिलामा उनीहरुको हस्तक्षेप उचित होइन।'

यादवसँगको सवाल जवाफ अघि बढ्दै 'हनी ट्रयाप'सम्म पनि पुग्छ। 'प्रधानमन्त्री ओलीमाथि पनि चीनकी राजदूतको हस्तक्षेपलाई बढावा दिएको कुरा उठिरहेको छ।

हनी ट्र्यापको केस पनि हुन सक्छ?', भारतीय पत्रकार सोध्छन्। उत्तरमा यादव भन्छन्, 'जो सवाल (हनी ट्र्याप) मानिसहरुले उठाइरहेका छन्, मैले पनि सुनिरहेको छु, यसको जाँच हुनु जरुरी छ। यसको जडसम्म गएर देख्‍न जरुरी छ।'

भिडियो

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.