|

 काठमाडौं : सरकारले अबदेखि कोरोना भाइरस (कोभिड १९) संक्रमित भए पनि सामान्य लक्षण देखिएकाहरू घरमै आइसोलेसनमा बस्‍नुपर्ने व्‍यवस्था ल्याएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ संक्रमितहरूको आइसोलेसनसम्बन्धी स्वास्थ्य मापदण्ड २०७७ जारी गर्दै यस्तो व्यवस्था ल्याएको हो।

अबदेखि कोरोना संक्रमित भएको पुष्टि भएपछि पनि लक्षणविहीन र सामान्य लक्षण भएका कोरोना संक्रमित घरमै आइसोलेसनमा बस्न मिल्नेगरी मापदण्डसहित निर्देशिका मन्त्रालयले जारी गरेको हो। निर्देशिकामा उल्लेख भएअनुसार 'संक्रमणको कुनै लक्षण तथा चिह्‍नहरू नभएका र सामान्य लक्षण तथा चिह्‍नहरू भएका संक्रमित व्यक्तिहरू आआफ्नै घरमा आइसोलेसनमा राख्न र बस्‍न सक्नेछन्' भनिएको छ। जसका लागि  घरमै बस्दा  प्रकाश आउने र हावा खेल्ने छुट्टै कोठामा बस्नुपर्ने भनिएको छ।

साथै उपचार अवधिभरि बाहिर ननिस्कने र आवश्यक पर्ने सामग्रीहरू परिवारका सदस्यबाट मगाउनुपर्ने सुझाइएको छ। यस्तै संक्रमितले प्रयोग गर्ने भाँडाहरू सफा गर्ने र राम्रोसँग सुकेपछि मात्र पुनः प्रयोग गर्न भनिएको छ।

घरमा संक्रमितले छुट्टै स्नानघर र शौचालय प्रयोग गर्नपर्ने र सामूहिक रूपमा प्रयोग गर्नुपर्ने अवस्था भएमा संक्रमितले प्रयोग गरेपछि डिसइन्फेक्ट गरेपश्चात मात्र अन्यले प्रयोग गर्ने मापदण्डमा उल्लेख छ।

त्यस्तै, घरमा ६० वर्षमाथिका सदस्य वा गर्भवती तथा सुत्केरी माहिला छन् भने पनि त्यस्ता व्यक्तिलाई संक्रमितको सम्पर्कबाट टाढा राख्नुपर्ने निर्देशिकामा उल्लेख गरिएको छ। यस्तै, घरमा आइसोलेसन बसेका संक्रमितहरूको दैनिक ज्वरोको नापेर रेकर्ड राख्नुपर्ने, र मन्त्रालयलाई भर्चुअल माध्यमबाट दैनिक संक्रमितको विवरण पठाउनु पर्नेछ।

 यस्तै, घरमा आइसोलेशन बसेका संक्रमितलाई श्वास फेर्न गाह्रो भए छाती दुखेमा होस हराएमा वा अन्य कुनै जटिल प्रकारको समस्या देखिएका परिवारको सदस्यले समयमै स्वास्थ्यकर्मीलाई जानाकारी गराउनु पर्नेछ। भने घरमा आइसोलेसन बसेका संक्रमितको बारेमा सम्बन्धित स्थानियतहका स्वास्थ्यकर्मीले दैनिक दुईपटक फोन सम्पर्क गरेर संक्रमितको अवस्थाबारे जानाकारी लिनुपर्ने निर्देशिकामा उल्लेख गरिएको छ।

 यस्तै, घरमै आइसोलेसनमा बसेका संक्रमितहरूलाई १४ दिनपछि भने आइसोलेसन बस्नु नपर्ने निर्देशिकामा उल्लेख छ।

यस्तो छ निर्देशिका 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.