|

काठमाडौं : लकडाउनमा सवारीसाधन नचलेको फाइदा लिँदै आफूले चढ्ने बुलेट बाइकमा लिफ्ट दिने बहानामा लुटपाट गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा रामेछापको उमाकुण्ड गाउँपालिका-२ बस्ने २६ वर्षीय राजकुमार सुनुवार छन्। उनले लकडाउनका बेला पैदल हिँडिरहेका महिलाहरुलाई आफू चढ्ने बुलेट बाइकमा लिफ्ट दिने बहानामा लुटपाट गरेको खुलेको छ। उनले आफू चढ्ने बुलेट बाइकको नम्बर प्लेटसँगै 'राजा' भनेर पनि लेखेका छन्। 

त्यसैगरि विभिन्‍न क्याफे, रेष्टुरेण्ट र गेस्ट हाउसमा महिलालाई लगेर वासरुम गएको मौकामा बाहिर राखेको मोबाइल चोरेर भाग्ने गरेको पनि खुलेको छ।

उनले चोरीका सामान विभिन्न बहानामा ग्राहकहरू खोजी सस्तो मूल्यमा बेच्ने गरेको भेटिएको छ। आफूले बेचेका सामानहरु किन्‍ने मानिसहरुलाई आफू डिएसपी भएको भन्दै धम्क्याएर फिर्ता लिने गरेको पनि खुलेको छ।

उनलाई यही असार २४ गते बिहान काठमाडौंको बिजी मल अगाडिस्थित सडकबाट महानगरीय प्रहरी वृत्त महाराजगञ्ज र पिसिसिबीबाट खटिएको टोलीले पक्राउ गरेको हो।

प्रहरीले उनी चढ्दै आएको बा ९७ प १६८३ नम्बरको रोयल इन्फिल्ड बुलेट मोटरसाइकल पनि बरामद गरेको छ। त्यसक्रममा उनको साथबाट चोरीका ११ वटा मोबाइल र मोटरसाइकल नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी राजकुमार केसीले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.