|

काठमाडौंः कागेश्वरी मनोहरा नगरपालिका र गोकर्णेश्वर नगरपालिकाका एक–एक जना व्यक्तिमा बुधबार टेकु अस्पतालबाट कोरोना भाइरस संक्रमित भएको पुष्टि भयो। उनीहरू दुवै जना पुरुष छन्। कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाले कागेश्वरीमा एक जना र गोकर्णेश्वर निवासी एक जनामा कोरोना संक्रमित पुष्टि भएको बताए। 

‘कोरोना संक्रमितलाई अहिले टेकुमा राखिएको छ,’उनले भने,‘संक्रमित भेटिएको क्षेत्रमा उच्च सचर्कता अपनाइएको छ। कन्ट्रयाक्ट ट्रेसिङ पनि गरेका छौँ।’ कागेश्वरी मनोहरा नगरपालिका स्वास्थ्य शाखा प्रमुख लक्ष्मी कोइरालाका अनुसार एकजना दुवैबाट आएका थिए भने, अर्का व्‍यक्ति कतारबाट आएका थिए।

दुईमध्ये  एकजना गोकर्णेश्वर नगरपालिकाको वडा ५ सिर्जनाटोलमा र अर्का कागेश्वरीमा बस्दै आएका तथा उनीहरूलाई विदेशबाट आएपछि क्वारेनटाइनमा राखिएको थियो। थप अरू केही जानकारी नभएको उनले बताइन्। यता, गोकर्णेश्वर नगरपालिकाका  स्वास्थ्य तथा वातावरण महाशाखा प्रमुख हरिप्रसाद उपाध्यायले एक रात मात्रै गाकर्णेश्वरमा बसेको भन्दै कन्ट्रेक्ट ट्रेसिङ नगरिएकाले संक्रमित व्यक्तिको बारेमा जानकारी नभएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.