समाजवादी पार्टीले निष्काशन गरेको थियो

|
फाइल फाेटाे

काठमाडौं : संघीय संसद सचिवालयले प्रतिनिधिसभाकी सदस्य तथा समाजवादी पार्टीकी सरिता गिरिको सांसद पद रिक्त भएको जनाएको छ। 

समाजवादी पार्टीको संसदीय दलले निर्णय गरी जारी गरेको निर्देशन (ह्वीप) उल्लंघन गरेको भनि पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टीको विधानको धारा ५१ को उपधारा (५) र राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा  ३२ को उपदफा (५) बमोजिम पत्र पठाएको आधारमा सभामुखले स्वीकृत गरेसँगै गिरिको सांसद पद नरहेको संसद सचिवालयले जनाएको छ। 

संघीय संसदका महासचिव डा.भरतराज गौतमले विज्ञप्ति जारी गरी राजनीतिक दल सम्बन्धी ऐन २०७३ बमोजिम समाजवादी पार्टीले प्रक्रिया पुरा गरी पत्र पठाएकाले संविधानको धारा ८९ बमोजिम सरिता गिरीलाई सांसद पदबाट हटाइएको जनाएका छन्।

‘राजनीतिक दल सम्बन्धी ऐन २०७३ बमोजिम आवश्यक प्रक्रिया पुरा गरेको देखिन आएकोले नेपालको संविधानको धारा  ८९ बमोजिम माननीय सदस्य श्री सरिता गिरिको प्रतिनिधिसभा सदस्य पद एक रिक्त हुन आएको हुँदा सम्माननीय सभामुख ज्यू बाट स्वीकृत भएको’ संसद सचिवाले जारी गरेको विज्ञप्तीमा भनिएको छ।

संसद सचिवालयले सभामुखले समाजवादी पार्टीको पत्र स्वीकृत गरेसँगै नेपालको राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ३५ को उपदफा २ तथा प्रतिनिधिसभा नियमावली,२०७५ को नियम २१२ को उप नियम २ बमोजिम सबैलाई जानकारी दिएको छ। 

संसदका सूचना अधिकारी दशरथ धमलाका अनुसार संसद सचिवालयले गिरीकाे पद रिक्त भएकाे बारे निर्वाचन आयाेगलाई पनि जानकारी गराइसकेको छ।

'संघिय संसद सचिवालयले प्रतिनिधि सभामा एक पद रिक्त हुन आएको व्यहोरा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३६ को उपदफा (२) र प्रतिनिधि सभा नियमावली, २०७५ को नियम २१२ को उप नियम (३) बमोजिम निर्वाचन आयोगलाई जानकारी गराई सकिएको छु ' धमलाले भने।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.