|

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर १ सय आठ जना कोरोना संक्रमित थपिएका छन्। देशका विभिन्‍न २५ वटा प्रयोगशालामा ४ हजार ५ सय ८८ जनाको पिसिआर परीक्षण गर्दा उनीहरूको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले जानकारी दिए। 

हालसम्म कोरोना संक्रमणबाट निको भएर घर फर्कनेहरूको संख्या सात हजार ८ सय ९१ छ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ५ सय ३१ पुगेको छ। बिहीबार डिस्चार्ज १ सय ३९ भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए आजसम्म ७ हजार ८ सय ९१ जना संक्रमित कोरोना निको भएर घर फर्किएका छन्।

अहिले देशभरीका आइसोलेसनमा ८ हजार ६ सय ५ जना रहेका छन्। जसमा प्रदेश नम्बर १ मा १ सय ९६, प्रदेश नम्बर २ मा २ हजार २४, बागमती प्रदेशमा ४ सय २९ र गण्डकी प्रदेशमा ८ सय ६२ जना संक्रमित उपचाररत रहेका छन्। यस्तै प्रदेश नम्बर ५ मा १ हजार ७ सय २७, कर्णाली प्रदेशमा ४ सय ५ र सुदूरपश्चिम प्रदेशमा २ हजार ९ सय ६२ जना संक्रमित आइसोलेसनमा उपचाररत रहेका छन्। देशभरीका क्वारेन्टिनमा बिहीबार २४ हजार ४ सय २५ जना रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.