'कोरोना नियन्त्रणमा कुशल व्यवस्थापनले काम गरेको छ'

|

काठमाडौं : कोरोना संक्रमित संख्या कम हुँदैमा जोखिम नटरेको सरकारले बताएको छ। केही दिनयता क्‍वारेन्टाइन र आइसोलेसनमा बसेका संक्रमितको संख्या घट्न थालेकाे छ।  तर यसले पनि जोखिम नटरेको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. राजेश्वर गौतमले बताए।

प्रवक्ता गौतमले भने,'कोरोना नियन्त्रणमा कुशल व्यवस्थापनले काम गरेको छ,' उनले भने। मानिसहरुकै सुरक्षित क्रियाकलापले पनि जाेखिम हट्दै गएकाे उनले बताए। धेरै जिल्लामा क्‍वारेन्टाइनमा आइसोलेसनमा बस्ने मानिसको घट्दै गएको पनि उनले जानकारी दिए। केही जिल्लामा संक्रमित संख्या शून्य भएको पनि उनले बताए। भने,' तपाईंको परिवार, तपाईंकै सेवा र व्यवस्थापनमा खटिनु भएकाहरु सबैलाई धन्यवाद तथा बधाई।'

पछिल्लो २४ घण्टामा देशभर १ सय ८ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लाे २४ घन्टामा देशका विभिन्‍न २५ वटा प्रयोगशालामा ४ हजार ५ सय ८८ जनाको पिसिआर परीक्षण गरिएकाे र गौतमले जानकारी दिए।

बुधबार देशभर २ सय ५५ जना संक्रमित थपिएका थिए। हालसम्म कोरोना संक्रमणबाट निको भएर घर फर्कनेहरूको संख्या ७ हजार ८ सय ९१ छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ५ सय ३१ पुगेको छ। बिहीबार १ सय ३९ जना डिस्चार्ज भएका गौतमले बताए। आजसम्म ७ हजार ८ सय ९१ जना काेराेना संक्रमित निको भएर घर फर्किएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.