|

दैलेख : दैलेखमा सर्पले डसेर एक जनाका मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको नारायण नगरपालिका २ कुसाडाका २० वर्षीय ललित नेपाली रहेको दैलेख प्रहरीले जनाएको छ।

बुधबार राति सुतिरहेको अवस्थामा सर्पले डसेपछि श्रीमानको उपचारका लागि अस्पताल ल्याउन नपाउँदै मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख हरिबहादुर वलीका अनुसार उनकी श्रीमती भद्राको अवस्था भने सामान्य छ।

जिल्ला स्वास्थ्य कार्यालय दैलेखका प्रमुख डा.निरञ्जन पन्तले वर्खाको समयमा सर्पदंशका बिरामी दैनिक उपचारमा आउने गरेको र सर्पको डसाइबाट बच्ने सबै सचेत रहनु पर्ने उनले बताए।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.