|

लमजुङ : लमजुङ उद्योग वाणिज्य संघले लकडाउनका बेला घरभाडा छुट दिने जिल्लाका घरधनीहरुलाई सम्मान गरेको छ। जिल्लामा विभिन्न पेसा व्यवसाय गर्दै आएका संघमा आबद्ध व्यवसायीलाई घरभाडा छुट दिने उनीहरुलाई प्रशंशा पत्रसहित सम्मान गरिएको हो। 

कोरोना भाइरस संक्रमणसँगै जारी लकडाउनका कारण व्यापार व्यवसाय ठप्प भएपछि मारमा परेका व्यवसायीसँग निश्चित अवधिका लागि केही घरबेटीले भाडामा छुट दिएका थिए। 

घरबेटीहरूलाई प्रोत्साहनस्वरुप सम्मान गरिएको लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजेश थापाका अनुसार हालसम्म जानकारीमा आएकाहरुलाई सम्मान गरिएको र अझै सम्मानको क्रम जारी छ। सम्मानित हुनेहरुमा बेंसीशहरका शिव सिलवाल, गुणराज सिलवाल, कृपाराम श्रेष्ठ, पार्वती श्रेष्ठ, रामकुमार श्रेष्ठ र मोहन बोहोरा छन्।

संघले एक कार्यक्रमका बीच प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माको विशेष उपस्थितिमा उनीहरुलाई प्रशंसा पत्र दिएर सम्मान गरेको हो। अहिलेको विषम परिस्थितिलाई आत्मसाथ गर्दै व्यवसायीको मनोभावना बुझ्नु आफैंमा गर्वको विषय भएको प्रजिअ शर्माको भनाइ थियो। 

कतिपयले तीन महिनासम्मको घरभाडा मिनाहा गरेका छन्। कोभिड–१९ को प्रभावसँगै व्यवसाय ठप्प भएका बेला घरभाडा लिनु उचित नभएको भन्दै कसैको आग्रह अनुरोधभन्दा पनि स्वेच्छाले घरभाडा मिनाहा गरेको घरबेटीहरूले बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.