|

सिमरा (बारा) : सरकारले मुआब्जा दिइसकेको विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज)को सार्वजनिक जग्गामा स्थानियहरुले मोहियानी हक दावी गरेका छन्।  २०२०/२१ सालमा तत्कालीन चिनी मिल सञ्चालनका लागि अधिग्रहण  गरिएको जग्गा (हाल सिमरा सेज)मा स्थानीय जग्गा जोताहाहरुले मोहियानी हक दावी गर्दै निवेदन दिएका छन्। सेज सिमरा कार्यालयमा ५९ जना स्थानीयहरुले मोहियानी हक माग गर्दै निवेदन दिएका हुन्। 

चिनी मिलका लागि जग्गा अधिग्रहण गर्दा सरकारले जग्गा धनीलाई मुआब्जा बुझाए पनि जग्गा जोताहाहरुले मोहियानी धकबापत नपाएको उनीहरुले दावी छ । गरेका छन् । मोहिउानी हक दावी गर्दै आएका स्थानीयहरुले सेजको काममा समेत पटक पटक अवरोध गर्दै आएका छन्।

‘हामीले मोहियानी हक बापत पाउँ भनेर निवेदन दिएका हांै, यदि सरकारले चिनी मिलका लागि जग्गा अधिग्रहण गर्दा नै जग्गा धनीलाई मुआब्जा बुझायो÷ बुझाएन थाहा छैन्। तर, हामी जोताहाले पाएका छैनौं,’ सिमरा सेज संघर्ष समितिका अध्यक्ष मेघिलाल चौधरीले भने, ‘हाम्रो  मोहियानी विवाद सरकारले फर्छ्यौट नगरेसम्म हामी सेजको काम अगाडि बढ्न दिदैनौं।’

८३३ बिघा क्षेत्रफलमा रहेको सिमरा सेजमा मोहियानी विवादले बी, सी र डी ब्लकको काममा पटकपटक अवरोध र झडपको स्थिती समेत सिर्जना भएको छ। उक्त जग्गा २०६२ सालमा मन्त्रिपरिषद्को निर्णयबाट उद्योग मन्त्रालय मातहतमा ल्याइए पनि सरकारले मोहियानी बापतको मुआब्जा तिरे÷नतिरेको, कति जग्गाको जग्गाधनी वा जोताहालाई मुआब्जा दिएको प्रमाण हालसम्म सार्वजनिक गर्न नसक्दा पनि  विवाद चुलिँदै गएको हो।

सिमरा सेजका सहायक इन्जिनियर अजय चौधरीले सरकारले २०२१ सालमा  चिनी मिलका लागि जग्गा अधिग्रहण गर्दा नै मोहियानीबापतको मुआब्जा बुझाएको दावी गरेका छन्। ‘चिनी मिलको नाममा जग्गा नामसारी भइसकेपछि पनि कसैकसैको फिल्डबुकमा मोही कट्टी हुन छुटेको हुन सक्छ। उनीहरुको दावा त्यति छ मेरो मोही बाँकी छ,’ चौधरीले भने,  ‘झण्डै ४५ बिघा जग्गामा मोहियानी हक दावी परेको छ।’

पछिल्लो समय बाराको जग्गाको मूल्य ह्रवाक्तै बढेका कारण पनि चलेको दररेटमा क्षतिपूर्ति पाउने लोभले केही स्थानीयहरुले मोहियानी हकदावी गरेको सिमरा सेजले जनाएको छ।

उद्योग मन्त्रालयले ििववाद सल्टाउन नसक्दा बर्सेनि सेजको जग्गा अतिक्रमकणको चपेटामा परेको छ। ८३३ बिघा क्षेत्रफलमा रहेको सिमरा सेजमा करिव ६०० घरधुरी मात्रै रहेको सेज कार्यालयले जनाएको छ भने सघर्ष समितिले ३५ सयदेखि चार हजार घरधुरी सेजको जग्गामा बसोबास रहेको दावी गरेको छ। देशभर पाँच स्थानमा रहेका सेजमध्ये सिमरा सेज सबैभन्दा ठूलो क्षेत्रफलमा रहेको छ। यहाँ ५०० बिघाभन्दा धेरै जग्गा अतिक्रमणको चपेटामा परेको छ। सिमरा सेजका प्रमुख अजुन पाण्डेले सरकारी जग्गामा मोहियानी हक नलाग्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.