|
फाइल फाेटाे

काठमाडौं : पटकपटक स्थगित हुँदै आएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक आज बस्दैछ । 

पार्टी शीर्ष तहमा उत्पन्न विवादले स्थगित हुँदै आएको बैठक बिहान ११ बजे बालुवाटारमा बस्ने गरी बोलाइएको छ। गत असार १० गते सुरु भएको स्थायी कमिटी बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले दुबै पदबाट राजीनामा दिनुपर्ने माग भएपछि शीर्ष तहमा विवाद बढेको छ। 

विवाद समाधानका लागि यो बीचमा अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पटकपटक छलफल भएको छ। दुबै नेता आ–आफ्नै अडानमा रहँदा सहमति जुटिसकेको छैन। आज स्थायी कमिटी बैठक बस्नुअघि पुनः दुई अध्यक्षबीच छलफल गर्ने तयारी छ। तर छलफलको समय भने तय भइनसकेको अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए। आज दुई अध्यक्षबीचको छलफलमा कुरा मिले पनि नमिले पनि स्थायी कमिटी बैठक अगाडि बढाउन सदस्यहरुले दबाब दिएका छन्। 

शीर्ष नेताहरुबीच विवाद बढिरहँदा कतिपय नेताहरुले केन्द्रीय कमिटी बैठक नै बोलाउनु पर्ने आवाज उठाइरहेका छन्। नेकपा स्थायी कमिटी बैठकमा कोरोना उपचार, रोकथाम र नियन्त्रण, नागरिकता विधेकय, पार्टी एकीकरणका बाँकी काम लगायतका एजेण्डा तय गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.