पर्वत : लगातारको वर्षापछि उर्लिएर आएको नदीले बेलिब्रिज नै बगाएपछि हिमाल पारीको जिल्ला जाने एक मात्र बेनी-जोमसोम सडकखण्ड अवरुद्ध भएको छ।
बिहीबार साँझदेखि परिरहेको अविरल वर्षाका कारण रघुगंगा नदीमा आएको बाढीले शुक्रबार बिहान म्याग्दीको राहुघाटस्थित रघुगंगा नदीमाथिको बेलिब्रिज बगाएको हो।
म्याग्दीको बेनी नगरपालिका ९ गलेश्वर र रघुगंगा गाउँपालिका-३ राहुघाट जोड्ने गरी बनेको मोटरेबल पुल बगाएपछि रघुगंगा गाउँपालिका र अन्नपूर्ण गाउँपालिकासहित मुस्ताङ जिल्ला पुग्ने सडक मार्ग बन्द भएको हो। नदीकटान बढेपछि आसपास क्षेत्रमा रहेका बासिन्दाहरूलाई सुरक्षित स्थानमा सारिएको छ।
कोरोना जोखिमका कारण आन्तरिक हवाई उडान बन्द रहेको र बाढीले पुल नै बगाएपछि आवागमनमा समस्या भएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।