बैतडीमा माटोको ढिस्कोमा पुरिएर बालिका गम्भीर

|
फाइल फोटो

गुल्मी : गुल्मीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ। जिल्लाको कालीगण्डकी गाउँपालिका-४ फुस्रेका ६२ वर्षका यमबहादुर श्रीसको कुलोको भल काट्ने क्रममा शुक्रबार बिहान करिब ८ बजेतिर माथिबाट खसेको पहिरोमा पुरिएर मृत्यु भएको पूर्तिघाट प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक खिमानन्द खनालले जानकारी दिए। स्थानीयहरुको सहयोगमा पहिरो पन्छाई शव निकालिएको खनालले बताए।

माटोको ढिस्कोमा पुरिएर बालिका गम्भीर

यस्तै बैतडीमा सडकमाथिबाट खसेको माटोको ढिस्कोमा पुरिएर तल्लोस्वराडमा बिहीबार राति एक बालिका गम्भीर घाइते भएकी छन्। घाइते हुनेमा शिवनाथ गाउँपालिका  ६ की १० बर्षीया उर्मिला धनाडी रहेकी बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।  सडक निर्माणका मानिसहरूले देखेपछि तत्कालै बालिकाको उद्धार गरिएको थियो।

घाइते बालिकाको दाहिने हात र छातीमा चोट लागेको प्रहरीले जनाएको छ। घाइते बालिकालाई उपचारका लागि राति नै धनगढी पठाइएको छ। सडक निर्माण गरिरहेको जेसीबी चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ।

चितुवाको आक्रमणबाट घाइते

यस्तै, चितुवाको आक्रमणबाट बैतडीमा बिहीवार एकजना घाइते भएका छन्। घाइते हुनेमा जिल्लाको पुर्चौंडी नगरपालिका ९ तल्लादेही पुजरीगाउँका ४२ बर्षीय करविर पुजारा रहेका छन्।  

बिहीवार साँझ ५ बजेतिर वडा कार्यालयबाट मालपोत तिरेर घर फर्कने क्रममा चमेडिया भन्ने ठाउँमा पुजारामाथि चितुवाले आक्रमण गरेको पुर्चौंडी नगरपालिका वडा नं ९ का वडा अध्यक्ष रम्बा बोहराले जानकारी दिए। आक्रमण गरेलगत्तै चिच्याएपछि रोपाइँ गरिरहेका किसानहरूले होहल्ला गरेर चितुवा भगाएका थिए। घाइते पुजारालाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.