काठमाडौं : पिजी अन्तिम वर्षको परिक्षा दिने चिकित्सा शिक्षाका विद्यार्थीहरूले दुई हप्ता होटल क्वारेन्टाइनमा बस्ने र पिसिआर परीक्षण अनिवार्य गर्नुपर्ने भएको छ।
काठमाडौं उपत्यकामा बाहिरबाट पिजी अन्तिम वर्षको परीक्षण दिन आउने परीक्षार्थीको लागि बिहीबार त्रिवि चिकित्सा अध्ययन संस्थान परीक्षा नियन्त्रण महाशाखाले सो मापदण्ड बनाएको हो। पिजी अन्तिम वर्षको परीक्षा ९ साउनदेखि सुरु हुँदैछ।
परीक्षार्थीले होटल क्वारेन्टाइनमा बस्दा दैनिक दुई हजार तिर्नुपर्ने महाशाखालले जनाएको छ। पिसिआर गर्न सरकारी मापदण्ड पुगेकाको हकमा निःशुल्क परीक्षण हुनेछ भने उक्त मापदण्डमा नपरेकाले ५ हजार ५ सय शुल्क तिरेर पिसिआर परीक्षण गर्नुपर्ने महाशाखाले जनाएको छ। पिसिआर टेष्ट पोजेटिभ आएमा अनिवार्य रूपमा २ हप्ता क्वारेन्टाइनमा बसेका विद्यार्थीले मात्र परीक्षामा सामेल हुनपाउने छन्। अनिवार्य रूपमा मास्क लगाउनुपर्ने, भौतिक दूरी २ मिटर कायम गर्ने र साबुन पानीले हात धुने तथा सेनिटाइजरको बारम्बार प्रयोग गर्नुपर्ने छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।